…… लडाईमा थकित भएर उनि आँफूसँग बचेका १० जना शैनिक संग एक ओडारमा थकाई मार्दै थिए, उनि भिमसेन थापा थिए, अंग्रेज सँगको लँडाई थियो, उनि कयौँ पटक हार मानेर अब लड्न नसकिने अबस्थामा पुगेका थिए । भोक र प्यासले आकुल शैनिक सँग ओडारमा बिश्राम गरिरहेका उनले एउटा किरा देखे, किरा ढुंङ्गा माथी जान खोज्दै थियो जति चोटी माथी जान खोज्थे त्यति चोटी नै चोटी तल खस्थ्यो यो क्रम ५० चोटी सम्म पनि चल्यो भिमसेन यो चर्तिकला एकटकले हेरी रहेका थिए ५१औँ चोटीमा त्यो किरा ढुंगामाथी चढ्यो, ध्यान दिएर हेरीरहेका भिमसेनलाई किराले युद्द जितेको भान भयो । हार मानेर आएका उनि फेरी गए लडाईमा र यो पाला जिते । ……….
यो कथा हाम्रो पाठ्यक्रममा थियो थिएन था भएन तर हामीलाई सामाजिक पढाउने पिताम्बर सरले सुनाउनु भएको थियो । त्यतिबेला कथा लाग्थ्यो, सुन्नलाई राम्रो लाग्थ्यो अहिले जिवन यथार्थ लाग्छ । हामी १००० माईलको यात्रामा ९९९ माईल दौडेर एक माईलको यात्रा पुरा गर्न नपाउँदै छोडिदिन्छौँ । जसले त्यो हजार माईल पुरा गर्यो त्यो सफल भयो जसले बिचमै थाक्यो त्यो असफल । त्यसो त शफलता र अशफलताको कुनै मापन हुँदैन त्यै पनि जो जो आफ्नो काममा उत्कृष्ट छन् दुनियाको नजरमा ति सफल हुन् । मैले आज भिमसेन थापाको यो किस्सा याद गर्दा पिताम्बर सरलाई सम्झेँ ।
अरु सर भन्दा अलिक धेरै फुर्तिलो,राम्रो खालको चस्मा लगाउने, हेन्डसम, मेरो मेमोरीमा जुन बेला देखी याद आउँछ त्यो बेला देखी उहाँ जस्ताको तस्तै लाग्छ मलाई अझै पनि, सबै जना डराउँथे पिताम्बर सर देखेर उहाँको आवाज र ब्याक्तित्ब नै त्यस्तै थियो । अरु क्लासमा १,२ जना कम भए पनि उहाँको क्लासमा १००% बिध्यार्थि हुन्थे खासमा त्यस्तो उहाँको डरको कारणले हुन्थ्यो सुरु सुरुमा, आझ क्लासमा नभेटे भोली सरवाट पाईले हप्काई सम्झेरै सबैको सातो जान्थ्यो तर एक चोटी बडो गजबको घटना घट्यो स्कुलमा । उहाँ भन्दा धेरै पढेको सर रे भनेर हाम्रो सामाजिक पढाउने सर फेर्ने कुरा भयो । एक,दुई दिन नयाँ सर सँग पढियो तर चित्त बुझेन खासमा के रै छ त पितम्वर सर सँग जो अर्को उहाँ भन्दा धेरै पढेको सरमा थिएन । मैले उहाँले किताब पल्टाएर हेरेको कहिल्यै देखीन पाठ कहाँ वाट सुरु भएर कहाँ गएर टुङ्गिन्थ्यो पत्तो पाईएन तर कोही फेल हुँदैनथ्यो । मलाई अहिले लाग्छ उहाँले जिवन्त पढाउनु हुन्थ्यो । नयाँ सरले किताबको पाना पल्टाउँदै पढाउँदा हामिलाई लाग्यो उहाँलाई केही आउँदैन । जब नयाँ सर आउनु भयो हामिलाई पिताम्बर सरको क्लासको महत्व बढ्यो । ठुलो आन्दोलन भयो र अँन्त्यमा हामिलाई फेरी उहाँलेनै पढाउने भन्ने कुराको निस्कर्श निस्क्यो । त्यसपछी ९ र १० क्लासका पुरै घण्टीहरू करले होईन खुसीले बस्न थाले सबै बिघ्यार्थि ।
उहाँले भन्ने गरेको एउटा कुरा बडो याद आउँछ, “अहिले मलाई मनमनै गालि गरेका हौला पछी खुव याद आउँछ सम्झि राख्नु”। हामिले नपढ्दा या केही बदमासी गर्दा उहाँले प्रयोग गर्ने वाक्य हो यो । गाउँमा भजन कृतन हँदा होस् या पोखरी डाँडामा भलिबल खेल्दा हस् लौ पिताम्वर सर आउनु भो रे भने पछी भागा भाग चल्थ्यो लाग्थ्यो यस्तो कडा मान्छे हाम्रै गाउँमा किन हुनुपरेको होला । खासमा यस्तो मान्छे गाउँमा हुनै पर्दो रै’छ । मलाई मेरो बुबाले भविश्य राम्रो वनाउन काठमाण्डौँ पठाएको केही बर्ष पछी सर पनि तराई तिर झर्नु भो अहिले तराईको कुनै गाउँमा यस्तै याद बनाउँदै हुनुहोला कसैको दिमाखमा…………
आर्.पी.सिर्जन
No comments:
Post a Comment