नेपाली


पहिला पहिला त्यति गजल लेखिदैनथ्यो........

तिम्ले माया गाँसेपछी, गजल लेख्न थालेको हुँ
मलाई हेर्दै हाँसेपछी, गजल लेख्न थालेको हुँ

सुतेको थ्यो भित्र भित्रै, निदाई रा’थ्यो प्रतिभा नि
मनको भाले बासे पछी, गजल लेख्न थालेको हुँ

माया भन्ने था’थिएन, प्रेम ! कस्तो हुन्छ भन्थेँ
मनको घृणा माँसेपछी, गजल लेख्न थालेको हुँ

प्रेमका बात मुखले भन्दा, यसरी पो हुन्छ भन्दै
ईसारामा काँसे पछी, गजल लेख्न थालेको हँ

रित्तो थिएँ पुरै पुरै, केही थिएन मुटु भित्र
तिम्रोफोटो टाँसेपछी, गजल लेख् थालेको हुँ 

२०११-Augst – 10