Friday, April 11, 2014

फोन स्काम र ठगी

केही समय पहिला दुबाईको जाबेलअलिमा एक नेपालीले लगभग ४,००० दिहराम गुमाए त्यो पैसा उनले ६ महिना पलिले देखी घर नपठाई जोगाएर राखेका थिए तर एउटा स्काम फोनको भरमा उनले यो पैसा गुमाएका थिए । यो मेरो कुरा हो- १० दिन अधी DU (यू.ए.ई. को मोवाईल अपरेटर कम्पनि हो) को मोबाईल नंबरबाट फोन आयो । ऊतावाट बोल्ने मान्छेले उ २०-२० एक्पो दुबाईबाट बोलेको र मलाई २,००,००० दिहराम लोटरी परेको यसको लागी मैले कल ब्याक गर्नु पर्ने भन्यो किन भनेको हामीले गरेको कल रेकर्ड हुँदैन त्यतावाट गर्नु पर्छ भन्यो । यसरी फोन गरि सके पछी फेरी एउटा सेक्रेट नंबर छ त्यो मोवाईलको सिममा हुन्छ भनेर सिम को सिरियल नंबर दियो जुन सुरुको ५ बटा अक थियो म सँग भएका साथीको पनि सिम निकालेर हेरेको सुरुको ५ बटा नंबर एउटै थियो, मतलब त्यो कम्पनिको हरेक सिमकार्डको सुरुको ५ वटा नंबर एउटै हुन्छ । मेरो लेवरकार्डको नंबर लिएर यहाँको सरकारी वेव साईड बाट मेरो संपुर्ण बिररण बताए जुन त्याहाँ रजिस्टर थियो जस्तै जन्मेको ठाउँ, जन्म मिती, पासपोर्टको म्याद लगायतका कुराहरू तिनीहरुले यो सबै गर्नुको मतलब हो मलाई बिश्वस्त बनाउनु । लगभग ११ मिनेटको कुराकानीमा तिनीहरुले मलाई यती धेरै कुरा बताएकी मलाई बिश्वास हुन सक्थ्यो त्यो सँचो हो । म सँग कुरा गर्ने मान्छेलाई मैले त्यसको घर सोधेँ ईन्डिया मुम्वै भन्यो नाम दिवान बताएथ्यो मतलब हिन्दु तर त्यसको लवज पुरै पाकिस्तानी र शुद्ध उर्दू थियो म पाकिस्तानिहरु सँग १५ महिना बिताएको भएर यिनिहरुको बोल्ने शैलि कुन शब्दलाई कसरी उच्चारण गर्छन भन्ने कुरा राम्ररी थाहा थियो नत्र साधारणतया यस्तो कुरा था’ हुँदैन । मतलब एकजना पाकिस्तानी ले म सँग ईन्डियन दिवान बनेर कुरा गर्दै थियो । मलाई अहिले भर्खर म भा’को ठाउँको मनि एक्सेन्जमा पैसा आउँछ तर त्यसको लागि हामीले ३ बटा नंबर पठाउनु पर्छ त्यसको लागी मैले २०० दिहराम को ३ बटा रिचार्ज कार्डको रिचार्ज नंबर पठाउनु पर्ने र त्यो नंबर नंबर उनिहरुको सिस्टममा राखेपछी त्यो ट्रानजेक्सन नंम्बर आउने त्यसैले मैले पहिला उसलाई ३ बटा कार्डको नंबर पठाउनु पर्ने बतायो । यसरीनै यिनिहरुले पैसा लिने गर्छन्  मैले त त्यसपछी त्यो मान्छे सँग कुरा गरीन तर जसले बिश्वास गरेर एक चोटी कार्ड पठायो उसलाई अर्को चोटी यसमा ट्रानजेक्सन नं आएन फेरी अर्को चाहियो भनेर माग्दै जान्छन् जाबेलअलिमा रहेमा मित्रले यसरीनै आँफूसँग भएको ४००० दिहराम सखाप पारेका थिए । यस्ता धेरै तरीका हुन्छन् त कति सोझासाझा मात्र होईन टाठाबाठा र पढेलेखेका व्याक्ति पनि यिनिहरुको चंगुलमा.फँस्छन् । यहाँको एक मनि एस्सेन्जमा काम गर्ने एक जना केरलियन पनि  यसरीनै फँसेछन् । हामीले तेरो नाम मा १,००,००० पठाईदिदै छौ तर त्यसको लागि पहिले हामिलाई त्याताबाट ५००० पठाईदिनु पर्छ भनेछ अफिसबाट लोन लिएर पठाएछन् पैसा गायब । ईमेल, एस.एम.एस, फोनमा यसरी ठगि गर्ने गिरोहनै हुन्छन्, २ बर्ष पहिले साउदिको जेद्दामा एकजना ईलाहाबादका साथिले पनि एउटा एस.एम.एसको भरमा १५०० रियाल सकेका थिए, त्यो केसमा एउटा एस.एम.एसमा तिंमीलाई १,००,००० डलर परेको छ यसको लागी फोन गर भनेर नाइजेरियाको नंबर दिईएको थियो फोन गरेर हेलो हेलो भन्दा भन्दै मोबाईलको सबै पैसा सकिन्थ्यो फेरि रिचार्ज गर्दै फोन गर्दै गरेर त्यो पैसा सकेका थिए  ।  सचेत रहनोस् ठगहरु ठग जस्ता देखिदैनन् ।   

आर्.पी. सिर्जन
यू.ए.ई


No comments:

Post a Comment