Friday, September 19, 2014

धिक्कारलाई धिक्कार्दै उ.

धिक्कारलाई धिक्कार्दै उ.  

मामाले दसैमा दिएको नयाँ जिन्स,
गला तन्केको, नाभि भन्दा थोरै तल सानो प्वाल परेको टि-सर्ट,
परार साल आमाले खसि बेचेर किनिदिएको
कटन पेन्ट घुँडाबाट फाटेपछी बनाएको हाफ पेन्ट,
बाबुले जन्मदिनमा किनीदिएको हातको बाहुलामा
बटम नभएको कमिज,
दुईबटा फिता भएको सानो झोलामा
पोको पारेर ।
फर्कँदा ठूलो सुटकेसमा
बच्चालाई खेलौना, जहानलाई मोबाईल
आमालाई धोती, बाबुलाई भित्ते टि.भी.
र छिमेकीलाई खजुर भरेर
ल्याईदिने आश्वासन सहित,
भर्खर दलाललाई दिएर बचेको पैसाले
भृकुटीमन्डप बाट किनेको
पोलो टि-सर्ट र स्ट्रेचेबल पेन्टमा
ठाँटिएर हिड्यो उ झोला भन्दा ठूलो सपना बोकेर

सँधै घरमाथिबाट आधारातमा
गाउँनै थर्काउने गरी
उड्ने बिमानमा चढ्न पाएकोमा
आफूँलाई भाग्यमानि ठान्दै
एयरपोर्टमा झर्ने बित्तिकैको
तातो हावासंगै मन गरुङ्गो भयो
कतै टाढा टाढा अनकन्टार मरुभूमिमा
आँफू आउँदाको बाटो हेर्यो, चारै तिर सम्मै देखेर सोच्यो
आँफै अनुमान लगायो मेरो देश उ..... उता होला

उसको घरमा बाख्रा थुन्ने खोर भन्दा
बिजोक सुत्ने ठाउँ,
गोठमा कुँडो बनाउने भन्दा फोहोर भान्छा,
पाल्स्टिकमा पोको पारेको खाना
गाउँमा पिएको
लोकल झोल भन्दा पनि कम पानि सँग निल्दै गर्दा,
पहिले चोटी धिकार्यो आँफूलाई आँफैसँग ।।

दिन भरीको तालु पग्लिने चर्को घाम,
रातभरीको रगत जमाउने चिसो ए.सी,
आफ्नै छेउमा सँगै सुतेको साथि,
बिहान चिसाको चिसै भएको देखेर,
उसले फेरी धिक्कार्यो आफूँलाई आफैँसँग
एक एक गरी सपनामा खाडिको घामले,
आगो लागे पछी
आजकल त उ धिक्कारलाई धरी धिक्कार्छ ।

आर्.पी. सृजन  

यू.ए.ई अज्मान
www.facebook.com/rp.srijan