R.p. Srijan
लगातार त होईन तर यो सहित मेरो विदेशको बसाईको तेस्रो दशैँ हो । पहिला पहिला दशैको केहि रौनक पाईन मैले, आयो गयो पत्तो पाईएन । आझ भने केहि टिका र जमरा लगाएका स्वदेसी मित्रहरु देखेँ । नेपालि रेष्टुरेन्टमा थाल भरी टिका, जमरा, सेल र प्रशाद लिएर टिका लगाउन तयार भएका दाई लाई देखेँ । ईदको लागि कट्न लिएर टोयोटा पिकअप भ्यानमा हिँडेका बोका खसिका झुण्ड देखेँ, म पनि ईदमा बलि चढाईदै छु भन्ने बुझेर होला झोक्राएर आँखाबाट आँसु झार्दै गरेको ऊँट देखे, घरमा आएर ढोका बाट भित्र छिर्ने बित्तिकै श्रिमती जि ले बिहान टिका लगाउन भनेर बनाएको सानो प्लेटमा, टिका, दुबो, टिकाको रातो लागेको स्याकको टुक्रा देख्दा मैले साँचिकै धेरै नै मिस गरेँ दशैँलाई ।