साथै सोही समुहले अपराधिक कार्यलाई मुर्तरुप दिन अन्य बिभिन्न व्यक्तिहरुलाई email मार्फत विदेश स्थित विभिन्न व्यापारिक प्रतिष्ठानको आधिकारीक सदस्य हु भन्ने परिचय दिंदै तपाईको नाममा रहेको विभिन्न बैंकहरुको एकाउन्ट नम्बर सहितको अन्य विवरण समेत माग गर्ने र नेपालमा सो व्यापारिक प्रतिष्ठानले गरेका व्यवसायहरुको बाँकी रहेको बक्यौता रकम उठाउन Payment Clearing Agent को रुपमा तपाईलाई नियुक्त गरिएको भनी email मार्फत सम्पर्क गर्ने गरेको समेत देखिन आएको छ।
त्यस्ता अपराधिक समुहले विभिन्न वित्तिय संस्थाहरुको e-banking का लागी Login गर्ने मुख्य पृष्ठसंग दुरुस्त मिल्ने पेज (Login Page) बनाई खातावालाहरुको एकाउन्ट नम्बर, नाम, ठेगाना तथा पासवर्ड चोरी गर्ने र अनाधिकृत रुपमा उक्त खातावालाको रकम e-banking मार्फत निकालि सोहि वित्तिय संस्थामा खाता रहेका व्यापारिक प्रतिष्ठानले Payment Clearing Agent को रुपमा नियुक्त गरिएको व्यक्तिको खातामा जम्मा गरिदिने र सो रकम मध्यबाट व्यापारिक प्रतिष्ठानको सदस्यले भने बमोजिमको कमिसन कटाई बाँकि रकम मनि ट्रान्सफरहरु मार्फत बिदेशका बिभिन्न बैकहरुमा व्यक्तिका नाममा जम्मा गरिदिनु हुन व्यहोराको email हरु पठाउदै अनाधिकृत रुपमा एक खातावालाको रकम e-banking मार्फत निकालि अन्य खातावालाहरुको नाममा ट्रान्सफर गर्ने विधुतिय अपराध Phishing Scam बढ्दै गएको हुनाले त्यस्ता spam email तथा Fake Login Page हरुको विश्वास नगर्न हुन र त्यस्ता email वा Fake Login Page हरु देखिएमा तत्काल सम्बन्धित वित्तिय संस्थाहरु साथै यस केन्द्रिय अनुसन्धान ब्युरोको ईमेल ठेगाना cib@nepalpolice.gov.np मा जानकारी गराउन हुन अनुरोध गरिन्छ ।
Phishing बाट बच्ने केही उपायहरू :
• अपरिचित ब्यक्तिले पठाएका कुनै पनि email नखोल्नुहोस ।
• यदि तपाई कुनै वित्तिय संस्थाहरुको e-banking प्रयोग गर्ने ग्राहक हुनु हुन्छ र सुरक्षाका कारण युजरनेम र पासपवर्ड परिवर्तन गर्ने ब्यहोराको कुनै लिंक सहितको email प्राप्त गर्नु भयो भने सम्बन्धित वित्तिय संस्थाहरुसंग समन्वय गर्नुहोस ।
• अप्रत्यासित रुपमा email, sms वा Phone मार्फत कुनै अपरिचित ब्यक्तिले तपाईको ब्यक्तिगत विवरण सोधेमा आफ्नो ब्यक्तिगत विवरण उपलब्ध नगराउनुहोस ।
• e-banking का लागी तपाईले प्रयोग गर्नु भएको computer मा spam filters, anti-virus, anti-spyware software तथा firewall रहे नरहेको र त्यस्ता software हरु update भए नभएको समेत विचार पुर्याउनु होस ।
• यदि तपाइको १ भन्दा बढी user account हरु चलाउनु हुन्छ भने एकै कसिमको used id तथा password को प्रयोग नगर्नुहोस
• आफ्नो user को password समय सापेक्ष परिवर्तन गर्नुहोस ।